aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

ग्लोबल आइएमई बैंकले ३० लाख कित्ता ऋणपत्र विक्री गर्न बोर्डमा दियो निवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ असोज २०७७
ग्लोबल आइएमई बैंकले ३० लाख कित्ता ऋणपत्र विक्री गर्न बोर्डमा दियो निवेदन

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले रू. ३० करोड बराबरको ऋणपत्र विक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले वार्षिक ८ दशमव ५ प्रतिशत व्याजदरको १० वर्षे अवधिको प्रतिकित्ता रू. १ हजार दरको ३० लाख कित्ता ऋणपत्र विक्रीको लागि भदौ २९ गते बोर्डमा निवेदन दिएको हो ।

कुल कित्तामध्य १२ लाख कित्ता सर्वसाधारणलाई सार्वजनिक निष्कासन मार्फत विक्री गर्ने र १८ लाख कित्ता बैंकले व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ । यो ऋणपत्र विक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस