aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

बैकिंङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ असोज २०७७
बैकिंङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्वत । बैकिंङ कसुर मुद्दाका फरार प्रतिवादी जलजला गाउँपालिका२ बस्ने ३० वर्षीय कृष्ण बहादुर कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत तुलसीपुर बुटवलको २०७६ वैशाख ८ गतेको फैसलाले उक्त मुद्दामा नौ लाख ९० हजार रुपैयाँ जरिवाना र ६ महिना कैद ठहर भई फरार रहेका कार्कीलाई जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो । कार्कीलाई जिल्ला अदालत पर्वत मार्फत जिल्ला कारागार पर्वत पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस