aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

सांग्रिला डेभलपमेन्ट बैंकले गर्यो मुस्कान होम अफ होपलाई २ लाख ५० हजार सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ असोज २०७७
सांग्रिला डेभलपमेन्ट बैंकले गर्यो मुस्कान होम अफ होपलाई २ लाख ५० हजार सहयोग

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मुस्कान होम अफ होपलाई सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुरको धोबिघाट स्थित मुस्कान होम अफ होपलाई दुई लाख पचास हजारको चेक हस्तान्तरण गरेको हो ।  

यस डेभलपमेन्ट बैंकले मुस्कान होम अफ होपलाई गरेको यस आर्थिक सहयोगले मुस्कान होममा आश्रित बौद्धिक तथा शारीरिक अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाहरुका लागि निःशुल्क खाना, आवास तथा शिक्षामा सहयोग पुग्ने छ ।  

उक्त चेक हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट नायव महाप्रबन्धक अपुर्व प्रसाद जोशीज्यूले मुस्कान होमका अध्यक्ष श्रीमती सुमती कर्माचार्यज्यूलाई चेक हस्तान्त्तरण गरे । 

बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ९१ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आइरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस