aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

राष्ट्र बैंकमा ३ सिभिल इन्जिनियर र १० जना ड्राइभरलाई रोजगारिको अवसर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ असोज २०७७
राष्ट्र बैंकमा ३ सिभिल इन्जिनियर र १० जना ड्राइभरलाई रोजगारिको अवसर

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन जना इन्जिनियर र १० जना ड्राइभर माग गरेको छ । बैंकको केन्द्रीय कार्यालयमा दुई जना र सिद्धार्थनगर कार्यालयमा गरि तीन जना करारमा इन्जिनियर र १० जना  ड्राइभरका लागि दरखास्त आह्वान गरेको हो।

बैंकका अनुसार सिभिल इन्जिनियरिङमा स्नातक उत्तीर्ण गरि दुई वर्षको कार्यानुभव भएकाले निवेदन दिन सक्नेछन् । योग्यता पुगेका नेपाली नागरिकले असोज २२ गतेसम्ममा आवेदन दिन सक्ने छन्। सिभिल इन्जिनियरको मासिक तलब ५९ हजार ७०० रुपैयाँसहित अन्य सुविधा रहनेछ। करार अवधि ६ महिनाको रहेको छ। 

त्यस्तै ड्राइभरको हकमा हकमा १० वर्षको कार्यानुभव हुनु पर्नेछ। मासिक तलब २८ हजार रुपैयाँ रहेको छ भने खाजा खर्च २ हजार रुपैयाँसहित अन्य सुविधाहरु पाउनेछन्। सवारी चालकको  इच्छुक नेपाली नागरिकले असोज २२ गतेसम्ममा निवेदन दिनु पर्ने बैंकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस