aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

ग्लोबल आईएमई बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकले बोर्डसँग मागे ऋणपत्र विक्रीको अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ असोज २०७७
ग्लोबल आईएमई बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकले बोर्डसँग मागे ऋणपत्र विक्रीको अनुमति

काठमाडौं । ऋणपत्र विक्रीको अनुमति माग्दै ग्लोबल आइएमई बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । ग्लोबल आइएमई बैंकले ३० लाख कित्ता र नेपाल इन्भेष्टमेण्ट बैंकले ४० लाख कित्ता ऋणपत्र विक्री गर्न अनुमति माग्दै निवेदन दिएका हुन् । ग्लोबलले भदौ २९ गते र नेपाल इन्भेष्टमेण्ट बैंकले असोज ६ गते बोर्डमा निवेदन दिएका हुन् । 

१० वर्षे अवधिको वार्षिक ८ दशमलव ५ प्रतिशतको ग्लोबलको ऋणपत्रमध्य १२ लाख कित्ता सर्वसाधारणका लागि र १८ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ । ग्लोबलको ऋणपत्र विक्री प्रबन्धक सेञ्चुरी क्यापिटल मार्केट लिमिटेड रहेको छ । 

त्यस्तै नेपाल इन्भेष्टमेण्ट बैंकले कुल कित्तामध्य १६ लाख कित्ता सर्वसाधारणमा र २४ लाख कित्ता विभिन्न संघसंस्थाहरुमा परिपत्र विधिमार्फत विक्री गर्नेछ । नेपाल इन्भेष्टमेण्ट बैंकले ७ वर्षे अवधिको वार्षिक ८ दशमलव ५ प्रतिशत व्याजदरको ऋणपत्र विक्री गर्न लागेको हो । नेपाल इन्भेष्टमेण्ट बैंकको विक्री प्रबन्धमा आरबीबी मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस