aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नेप्सेको वर्गीकरणमा ‘ए’ समूहमा ५ वाणिज्य बैंक मात्र

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ जेठ २०७६
नेप्सेको वर्गीकरणमा ‘ए’ समूहमा ५ वाणिज्य बैंक मात्र

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुको वर्गीकरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा ५ वटा कम्पनी ‘ए’ वर्गमा पर्न सफल भएका छन् । 

‘ए’ वर्गमा पर्ने सबै कम्पनीहरु वाणिज्य बैंक रहेका छन् । ती ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनएमबी बैंक, एनआइसी एशिया बैंक र सनराइज बैंक ‘ए’ वर्गमा परेका हुन् । ‘बी’ वर्गमा कुनै पनि कम्पनीले स्थान पाएका छैनन् ।
 
यता, ३४ वटा कम्पनीलाई ‘जी’ समूहमा राखिएको छ । बाँकी सूचीकृत कम्पनीहरु ‘जेड’ वर्गमा परेका छन् । 
धितोपत्र सूचीकरण नियमावली २०७५ अनुसार न्यूनतम चुक्ता पुँजी १ अर्ब रुपैयाँ भएका, सूचीकरण भएको कम्तिमा ३ वर्ष पुगेका, आर्थिक वर्षको ६ महिनाभित्र साधारण सभा गरेका र विगत ३ वर्षदेखि लगातार नाफा गरी लाभांश वितरण गरेका कम्पनीलाई ‘ए’ वर्गमा राख्ने प्रावधान रहेको छ ।
 
यस्तै, क्रेडिट रेटिङ संस्थाबाट औसत भन्दा बढी रेटिङ पाएका र निमयनकारी निकायले तोकेको ढाँचामा वित्तीय विवरण राखेका कम्पनीहरु ‘ए’ वर्गमा पर्ने व्यवस्था छ । सूचीकृत भएका कम्पनी २ वर्ष पूरा नभएसम्म ‘जी’ वर्गमा राखिने उल्लेख छ ।
 

प्रतिक्रिया दिनुहोस