aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

सांग्रिला डेभलपमेन्ट बैंकका ऋणीलाई ब्याज रकममा  विषेश छुट अफर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ असोज २०७७
सांग्रिला डेभलपमेन्ट बैंकका ऋणीलाई ब्याज रकममा  विषेश छुट अफर

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले  बैंकका ऋणीलाई परेको असरको मूल्यांकन गर्दै  बुझाउन बाँकी आश्विन मसान्तसम्मको ब्याज रकममा १२ प्रतिशत आकर्षक छुटको योजना ल्याएको छ ।   

बैंकका ऋणी ग्राहक महानुभावहरूले २०७७ आश्विन मसान्तसम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको  सम्पूर्ण साँवा र ब्याज रकम आश्विन मसान्तसम्म भुक्तानी गरेमा  भुक्तानी गरिएको ब्याज रकममा १२ प्रतिशत सहुलियत स्वरुप छुट हुने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

 ग्राहक महानुभावहरुलाई व्याज रकममा छुट गरिंदा २०७७ असार मसान्तसम्मको बैंकको आधार दरभन्दा कम नहुने गरी छुट दिईने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख  छ । उक्त ब्याज रकममा दिइएको छुट शेयर कर्जा, मुद्दती निक्षेप धितोमा दिइएको कर्जा, तथा लघुवित्त बित्तीय संस्था लिमिटेडको नाममा दिइएको थोक कर्जामा लागु नहुने बैंकले बताएको छ । 

प्रतिक्रिया दिनुहोस