aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

महालक्ष्मी विकास बैंकको नयाँ शाखा गोलबजारमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ असोज २०७७
महालक्ष्मी विकास बैंकको नयाँ शाखा गोलबजारमा

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले बैकिङ्ग सेवाको पहुँच देशभर पुर्याउने उद्देश्य बमोजिम शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ । यसै क्रममा बैंकले शुक्रबारदेखि सिराहाको गोलबजार नगरपालिका वडा नम्बर ४ गोलबजारमा नँया शाखा कार्यालय विस्तार गरी बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको हो । 

उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या १०३ पुगेको छ । 

महालक्ष्मी विकास बैंकले ग्राहकको विश्वसनीयतामा अभिवृद्धि गरि सम्पूर्ण क्षेत्र र वर्गसम्म बैकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले शाखा बिस्तार गरि १०३ वटा शाखाबाट करिब ५ लाख भन्दा बढी ग्राहकहरु माझ बैकिङ सेवा उपलब्ध गराउदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस