काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी सहित राष्ट्र बैंकका ५ जना उच्च अधिकारीलाई बिहीबार कोरोना पुष्टी भएको हो । डेपुटी गभर्नर श्रेष्ठ र राष्ट्र बैंक सुपरभिजन विभागका चार जना उच्च अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
डेपुटी गभर्नर श्रेष्ठका सवारी चालकलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ । डेपुटी गभर्नर अहिले होम आइसोलेशनमा बसेका छन् भने उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । होम आइसोलेशनमा बसेका डेपुटी श्रेष्ठले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताए । ‘मेरो स्वास्थ्य अवस्था राम्रो छ,’ उनले भने ‘म आफ्नै घरमा बसेको छु र मेरो अवस्था सामान्य छ ।’
डेपुटीलाई कोरोना संक्रमण पुष्टि भएपछि गभर्नर महाप्रसाद अधिकारी लगायत उच्च अधिकारीहरु कन्ट्रयाक्ट ट्रेसिङमा परेका छन् । भगर्नर अधिकारी केही समय अघि पनि यसअघि कन्ट्रयाक्ट ट्रेसिङमा परेका थिए । बैंकको मुद्रा व्यवस्थापन विभागमा कार्यरत दुई जना कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो ।
प्रतिक्रिया दिनुहोस