aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ असोज २०७७
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काभ्रेपलाञ्चोक । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बनेपा नगरपालिका(४ श्रीखण्डपुर टोल बस्ने ५६ वर्षीया जयन्ती केसीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

उच्च अदालत पाटनको २०७१ वैशाख २९ गतेको फैसलाले छुट्टाछुट्टै २ वटा बैंकिङ कसुरमध्ये पहिलो मुद्दामा ९ करोड ४७ लाख  ९२ हजार १ सय १६ रुपैयाँ ७८ पैसा जरिवाना र ३ वर्ष कैद तथा दोस्रो मुद्दामा २ करोड ३५ लाख रुपैयाँ जरिवाना र ३ वर्ष कैद सजाय ठहर भई फरार रहेकी उनलाई ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरी  लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत धुलिखेलमा पेश गरिएकोमा अदालतको आदेशले कैद तथा जरिवाना भुक्तानको लागि कारागार कार्यालय धुलिखेल पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस