aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

मूल्य वृद्धि घट्यो, तरकारी सबैभन्दा महँगो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ असोज २०७७
मूल्य वृद्धि घट्यो, तरकारी सबैभन्दा महँगो

काठमडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मूल्य वृद्धि घटेको छ । गत आवको अन्तिम महिना साउनमा ४.७८ प्रतिशत रहेको उपभोक्ता मूल्यवृद्धि साउन आइपुग्दा ३.४९ प्रतिशतमा सीमित  भएको हो । गत आवको सोही अवधिमा यस्तो मूल्य वृद्धि ६.९५ प्रतिशत थियो  । 

समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि ५.३८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहकामूल्य वृद्धि  २.०४ प्रतिशत रहेको छ । गत वर्षको साउनको तुलनामा यो साउनमा दाल तथा गेडागुडी, माछा तथा मासु र सुर्तिजन्य वस्तुको मूल्य वृद्धि उच्च रहेको छ भने तरकारीको मूल्य २८.२१ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले आज शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले मूल्य वृद्धिको यस्तो अवस्था देखाएको हो ।

तराई सबैभन्दा महँगो

क्षेत्रगत रुपमा हेर्दा समीक्षा महिनामा तराई सबै भन्दा महँगो देखिएको छ । उक्त महिनामा काठमाडौं उपत्यकामा ३.३१ प्रतिशत, तराईमा ४.०२ प्रतिशत, पहाडमा २.७२ प्रतिशत र हिमालमा ४.०७ प्रतिशत मूल्य वृद्धि रहेको छ । गत साउनमा यी क्षेत्रहरूमा क्रमशः ८.६३ प्रतिशत, ६.४६ प्रतिशत, ६प्रतिशत र ५.५७ प्रतिशत मूल्य वृद्धि  रहेको थियो । साउनमा थोक वस्तुको मूल्यवृद्धि ७.३३ प्रतिशत रहेको छ ।. अघिल्लो वर्षको सोही महिनामा यस्तो वृद्धिदर ८.२६ प्रतिशत रहेको थियो  ।  
 

प्रतिक्रिया दिनुहोस