
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा देशको शोधनान्तर बचत ५१ अर्ब ४६ करोड पुगेको छ । गत आवको सोही महिनामा देशको शोधनान्तर अवस्था ६ अर्ब ५ करोड मात्र थियो । गत आवको अन्त्यमा देशको शोधनान्तर अवस्था २ खर्ब ८२ अर्ब बचतमा रहेको थियो ।
आयात घटेको र रेमिट्यान्समा आएको उल्लेख्य वृद्धिका कारण देशको शोधनान्तर अवस्था बचतमा देखिएको हो । त्यसै गरी आयात घट्दै गएको निर्यात बढ्दै गएको कारणले पनि शोधनान्तर बचत बढाउन सघाएको राष्ट्र बैंकले जानकारी दिएको छ । देशमा भित्र्ने मुद्रा भन्दा बाहिरिने मुद्रा बढ्यो भने शोधनान्तर बचत हुने गर्दछ ।
यो अवधिमा ९२ अर्ब ७१ करोड रेमिट्यान्स भित्रिएको छ भने आयात १९.६ प्रतिशतले घटेर ८५ अर्ब ८१ करोडमा खुम्चिएको छ । यता निर्यात भने ८.९ प्रतिशतले बढेर ९ अर्ब ६२ करोड पुगेको छ । शोधनान्तर बचत भएसँगै सरकारको चालु खाता पनि २५ अर्ब ४१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सो खाता ९ अर्ब ३४ करोड घाटामा थियो ।
चालु आवको साउनमा १४ खर्ब ३६ अर्ब ७३ करोड बराबरको विदेशी मुद्रा सञ्चिति पुगेको छ । गत आवको अन्त्यसम्म यस्तो सञ्चिति १४ खर्ब ४ अर्ब ८४ करोड बराबरको विदेशी मुद्रा सञ्चिति रहेको छ । साउनका १२ अर्ब २ अर्ब विदेशी सञ्चिति पुगेको छ ।
बैंकमा भएको यो सञ्चितिलाई आधार मान्दा साउन महिनामा भएको आयातलाई आधार मान्दा १७.३ महिनाको वस्तु आयात र १५.६ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले आज शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले मूल्य वृद्धिको यस्तो अवस्था देखाएको हो ।
प्रतिक्रिया दिनुहोस