
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार असोज ११ गतेदेखि रोक्का भएको छ । यस कम्पनीले असोज ९ गते शालिग्राम लघुवित्त वित्तीय संस्था र सिवाइसी नेपाल लघुवित्तसँग मर्जर सम्बन्धि सहमति पत्रमा हस्ताक्षर गरेकाले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कारोबार रोक्का गरेको हो ।
यस अघि आरम्भ लघुवित्त र चौतारी लघुवित्त एक आपसमा गाभिएर आरम्भ चौतारीको नाममा एक भएका थिए । यी दुई कम्पनीले मर्जर पश्चात असार २२ गतेदेखि एकिकृत कारोबार सुरु गरेका हुन ।
आरम्भ चौतारी लघुवित्तले आफुमा गाभ्न लागेको शालीग्राम लघुवित्त वित्तीय संस्था १ करोड ६८ लाख १७ हजार रुपैयाँ चुक्तापूँजी रहेको कम्पनी हो । शालीग्राम लघुवित्तको केन्द्रिय कार्यालय म्याग्दीको बेनी–७ मा रहेको छ । त्यस्तै सिवाईसी नेपाल लघुवित्तको केन्द्रिय कार्यालय बाग्लुङमा रहेको छ । सिवाईसी नेपाल लघुवित्तको चुक्तापूँजी ७ करोड रुपैयाँ रहेको छ ।
सिवाईसी नेपालको राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको छ भने शालीग्रामको गण्डकी प्रदेशका ११ जिल्लामा कार्यक्षेत्र रहेको छ । आरम्भ चौतारी लघुवित्त दोस्रो बजारमा सूचीकृत कम्पनी हो भने सिवाईसी र शालीग्राम लघुवित्तको सर्वसाधारणका लागि छुट्याईएको शेयर एफपीओ माध्यमबाट पुरा गर्ने योजना कम्पनीहरुको छ । सिवाईसी र शालीग्राम लघुवित्त धितोपत्र दोस्रो बजारमा सूचीकृत नभएका कम्पनी हुन ।
प्रतिक्रिया दिनुहोस