aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मेगा बैंकले तीन वर्षअघि नबिकेको हकप्रद आजदेखि विक्री खुला गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ असोज २०७७
मेगा बैंकले तीन वर्षअघि नबिकेको हकप्रद आजदेखि विक्री खुला गर्यो

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले तीन वर्षअघि निष्कासन हुदाँ वितरण हुन नसकेको हकप्रद शेयर आइतवारदेखि लिलामीमा विक्री खुला गरेको छ । मेगाले संस्थापकतर्फको ११ लाख ३३ हजार ३४४ दशमलव ७० कित्ता र सर्वसाधारण तर्फको ७ लाख ७ हजार ३९४ दशमलव ९३ कित्ता शेयर असोज ११ गतेदेखि लिलामीमा विक्री खुला गरेको हो ।

असोज १८ गतेसम्म विक्रीमा रहने यो शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम  एक लाख कित्तासम्म माग गर्न सकिनेछ । 

संस्थापक तथा सर्वसाधारणमधय कुन समूहको शेयरको आवेदन हो भन्ने स्पष्ट खुलाउनुपर्नेछ । बोलपत्रमा आफ्नो हितग्राही खाता नम्बर अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ भने रू. १० लाखभन्दा बढी रकमको शेयर खरिदका लागि आवेदन गर्दा प्यान नम्बर पनि अनिवार्य उल्लेख गर्नुपर्नेछ । विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस