
काठमाडौं । प्राइम कर्मसियल बैंकको साधारणसभा आइतबार हुँदैछ । उक्त साधारणसभमा बोर्डले प्रस्ताव गरेका १६ प्रतिशत बोनस शेयर र वर्तमान १० अर्ब रुपैयाँ अधिकृत पूँजीलाई वृद्धि गरी २२ अर्ब रुपैयाँ पु¥याउने प्रस्ताब पेश हुदैं छ ।
बैंकले लाभांश प्रस्ताव सहित विविध प्रस्ताव पारित गर्न आइतबार १४ औं वार्षिक साधारण सभामा बोलाएको हो । नेपाल एकेडेमी कमलादीमा विहान १० बजेदेखि सभाशसुरु हुने जनाएको छ ।
सभाले संस्थापक शेयरधनीतर्फबाट सञ्चाकलमा तीन जना नयाँ सञ्चालक समिति समेत चयन गर्ने छ । सर्वसाधारण तर्फबाट सञ्चालकमा दुई जनाको निर्वाचन मनोनयन गर्ने कार्यक्रम समेत तय गरेको छ ।
बैंकले साधारणसभा प्रयोजनको लागि जेठ ९ गतेदेखि बुक क्लोज गरेकाले जेठ ८ गतेसम्म कायम शेयरधनीहरुमात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
ओम डेभलपमेण्ट बैंकसँग मर्जर प्रक्रिया टुटेपछि अन्य बैंकसँग मर्जर प्रकृयाका लागि सम्पुर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने , वर्तमान १० अर्ब रुपैयाँ अधिकृत पूँजीलाई वृद्धि गरी २२ अर्ब रुपैयाँ पु¥याउने यसका लागि प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगाएतका विषय सभामा छलफलका लागि पेश हुनेछन् ।
बैंकले कन्काई विकास बैंकलाई प्राप्ति गर्ने सम्झौतामा जेठ २२ हस्ताक्षर गरेको गरिसकेको छ । उक्त बैंकको मर्जमा ९५ प्रतिशतसम्म शेयर स्वप रेसियो कन्काइले पाउने गरि प्राप्तिको सम्झौता गरेपछिको साधारणसभाबाट अनुमोदन समेत गराउने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस