aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

मुक्तिनाथ रेमिटको सेवा अब अष्ट्रेलियाबाट पनि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ असोज २०७७
मुक्तिनाथ रेमिटको सेवा अब अष्ट्रेलियाबाट पनि

काठमाडौं । मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट मुक्तिनाथ रेमिटले अष्ट्रेलियाबाट पनि रेमिट सेवा सञ्चालन गरेको छ । अष्ट्रेलियामा रहेका नेपालीहरुले अष्ट्रेलियामा रहेको मुक्तिनाथ रेमिट अष्ट्रेलिया (Muktinath Remit Australia) को कार्यालय तथा मुक्तिनाथ रेमिट अष्ट्रेलियाको website https://www.muktinathremit.com.au   गरी वा मोबाईल एप्स बाट नेपालमा रहेका कुनैपनि बैंकको खातामा रकम पठाउन सकिने बैंकले जनाएको छ ।

 साथै मुक्तिनाथ रेमिट मार्फत पठाएको पैसा नेपालमा रहेको मुक्तिनाथ रेमिटको ४,००० भन्दा बढी एजेन्ट मार्फत पनि प्राप्त गर्न सकिनेछ । थप विस्तृत विवरणका लागि मुक्तिनाथ रेमिट अष्ट्रेलिया को website :https://www.muktinathremit.com.au  पनि हेर्न सकिनेछ ।

कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार प्रोत्साहन गर्न बैंकको ग्राहकले VISA Network अन्तर्गत जुन सुकै बैंकको ब्त्ः बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस