aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

नबिल बैंकबाट सस्तो ब्याजमा शेयर  लोन पाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ असोज २०७७
नबिल बैंकबाट सस्तो ब्याजमा शेयर  लोन पाइने

काठमाडौं ।  नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितो कर्जा उपलब्ध गराउने भएको छ ।  ५० लाख रुपैयाँ अथवा सोभन्दा बढीको नबिल शेयर कर्जा वार्षिक ७.७५ प्रतिशतको आकर्षक ब्याजदरमा उपलब्ध गराउने भएको हो  ।
 
आगामी बडा दशैंको सुअवसरमा राष्ट्र बैंकको मार्गनिर्देशन भित्र रही नबिल बैंकका सम्पूर्ण शाखाहरुबाट शेयर धितो कर्जा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । नबिल बैंक निजि क्षेत्रको अग्रणी बैंक हो । यसका देश भरी ११९ शाखाहरु र १८५ एटिएम काउण्टरहरु रहेका छन् । नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलेको छ । 

प्रतिक्रिया दिनुहोस