aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

मुक्तिनाथ विकास बैंकले दियो २२ जनालाई साक्षरता तालिम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ जेठ २०७६
मुक्तिनाथ विकास बैंकले दियो २२ जनालाई साक्षरता तालिम

काठमाडौं । मुक्तिनाथ विकास बैंकले “आजको आवश्यकता, ग्राहकहरुमा व्यवसायिक साक्षरता”  सञ्चालन गरेको छ ।  व्यवसायिक साक्षरता तालिममा व्यवसायको छनोट, व्यवसायिक योजना, बस्तु तथा सेवा, व्यवसाय दर्ता र सञ्चालनमा कानुनी पाटो, बजार व्यस्थापनका तरीकाहरु, बजार ब्यबस्थापनका रणनीतिहरु, बजार योजना, व्यवसायमा लेखा प्रणाली, मुल्य अभिवृद्धि कर, उद्यमशिलता लगायतमा तालिम सञ्चालन गरेको थियो ।  उक्त तालिममा बैंकसंग आवद्ध ४२ जना व्यवसायीहरुको सहभागीता रहेको थियो ।

बैंकले आयोजना गरेको यस तालिममा बैंकिङ्ग टे«निङ्ग इन्सीटीच्युट, काठमाण्डौबाट सहजीकरण गरिएको थियो । उपस्थित सहभागीहरुले मुक्तिनाथ विकास बैंक लि.ले व्यवसायिक साक्षरता कार्यक्रम मार्फत व्यवसायीहरुलाई जुन व्यवसायी चेतना र वित्तीय ज्ञानमा अभिवृद्धि गर्ने प्रयास गरेको छ यो कार्य अत्यन्तै प्रशंसा योग्य रहेको साथै तालिम अति महत्वपुर्ण रहेको धारणा व्यक्त गरेका छन् । 
 

प्रतिक्रिया दिनुहोस