घोराही । महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सदस्यहरुलाई व्यवसाय प्रर्वद्धनका लागी अनुदान वितरण गरेको छ । घोराही र नारायणपुर शाखा अन्तरगतका सदस्यहरुलाई सोमवार घोराहीमा एक कार्यक्रमको आयोजना गरि व्यवसायका लागि आवश्यक सामाग्री तथा नगद अनुदान वितरण गरेको छ । संस्थामा आवद्ध ४० जना सदस्यहरुलाई सामुहिक रुपमा एवं व्यक्तिगत रुपमा व्यवसाय प्रर्वद्धनका लागि अनुदान रकम प्रदान गरिएको हो ।
कृषी एवं पशुपालन, साना उद्यमहरुकालागी आवश्यक सामाग्रीहरु एवं नगद गरि ८ लाख ९९ हजारको अनुदान रकम वितरण गरिएको थियो । जसमा ४ वडा मिनी टेलर(हाते ट्याक्टर), ३ वटा बोयर बोका, ८ वटा स्प्रे टंकी र मल्पीङ, २ वटा फ्रिज, एक थान सीलाई मेसिन, एक थान मोटर र एक थान ठेला एवं सदस्यहरुको आवश्यकता अनुसार नगद अनुदान सहयोग प्रदान गरिएको छ । कोरोना भाईरस संक्रमणको समयमा साना व्यवसायीहरु मारमा परेकाले व्यवसाय पर्वद्धनका लागि अनुदान वितरण शुरु गरिएको संस्थाले जानकारी दिएको छ ।
उद्यम विकास कार्यक्रमद्धरा प्रर्वद्धन गरिएका साना तथा मझौला उद्यमी सदस्यहरुलाई संस्थागत संरक्षण कोषद्धारा व्यवसाय गर्नकालागी सदस्यहरुलाई अनुदान वितरण गरिएको महिला सामुदायिक लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी निर्देशक विमला योगीले जानकारी दिए । संस्थामा रहेको ग्राहक संरक्षण कोषमा हालसम्म ७ करोड रुपैया बचत भएको र त्यसमध्यबाट हरेक वर्ष सदस्यहरुलाई व्यवसाय प्रर्वद्धनकालागी अनुदान रकम वितरण गर्ने गरेको उनले बताए ।
‘नेपालमै बैंक तथा वित्तीय संस्थाहरुमध्य महिला सामुदायिक लघुवित्त वित्तीय संंस्थाले सदस्यहरुलाई ग्राहक संरक्षण कोषबाट अनुदान वितरण गरेको सायद पहिलो होला’ योगीले भने– ‘संस्थाकोलागी भन्दा पनि सदस्यहरुका लागी व्यवसाय प्रर्वद्धन गर्ने उद्देश्यकासाथ हामीले ग्राहक संरक्षण कोषको स्थापना गरेका छौँ, जसबाट हामीले पहिलो प्रयास गरेका छौँ ।’
साथै उनले यस आर्थिक वर्षमा ६ वटा जिल्लामा सदस्यहरुलाई ग्राहक संरक्षण कोषमार्फत २ करोड रुपैया वितरण गर्ने योजना रहेको पनि जानकारी दिए । युवा तथा महिलाहरुको व्यवसायीक क्षमता अभिवृद्धि तथा व्यवसाय प्रवद्र्धनकालागि आवश्यक पर्ने वित्तीय सेवा, प्राविधीक सेवा, तालिमको व्यवस्था गरिरहेको जानकारी दिए ।
यसका साथै कृषि, पशुपालन, साना उत्पादनमूलक उद्योग, सीपमूलक तालिम प्रदान गरि साना तथा मझौला उद्यमी निर्माण गरि सदस्यहरुको आर्थिक स्तरमा सुधार गर्दै गरिबी न्यूनिकरणमा टेवा पु¥याएको उनले जानकारी दिए । संस्थाले ग्रामीण क्षेत्रका महिला दिदीबहिनीहरुलाई पनि उद्यमी बनाउनुपर्छ भन्ने उद्धेश्य हाल आएर पुरा हुदै गएको बताए ।
महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडका अध्यक्ष गीता योगी गिरीको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले ग्रामीण क्षेत्रका महिलाहरुलाई आयआर्जनमा जोडेर आत्मनिर्भर बनाउनकालागी महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडको महत्वपूर्ण भूमीका रहेको बताए ।
उनले कृषि र पशुपालनकामा पछिल्लो समयमा महिला तथा बालबालिकाहरु आकर्षीत रहेकाले उनीहरुको व्यवसायलाई प्रर्वद्धन गर्न आवश्यक रहेको उनको भनाई छ । जुन काम महिला सामुदायिक लघुवित्त वित्तीय संस्थाले संस्थागत रुपमा गरिरहेको भन्दै पंशसा व्यक्त गरे ।
परम्परागत कृषी र पशुपालन व्यवसायलाई आधुनिकीरकण गर्नकालागि प्रविधीको प्रयोग गरेर उत्पादन बढाउन अनुरोध गरे । घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेयले स्थान्यि तहले गर्नुपर्ने कृषि र पशुपालन व्यवसाय प्रवद्र्धनको काम महिला सामुदायिक लघुवित्त वित्तीय संस्थाले गरेको बताए । संस्थाको ग्राहक संरक्षण कोषबाट सदस्यहरुलाई अनुदान वाफत रकम वितरण गर्नु नेपालकै उदाहरणीय कार्य भएको उनको भनाई थियो ।
कोभिडको कारण समस्यामा रहेका साना व्यवसायीहरुलाई अनुदानले व्यवसाय प्रर्वद्धन गर्न सहज हुने बताए । घोराही उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष कुलबहादुर लमीछानेले लघुवित्तको माध्यमबाट महिलाहरु आयआर्जनमा लागेर आत्मनिर्भर बनेको बताए । सदस्यहरुलाई प्रदान गरिने यस्ता अनुदान कार्यक्रमहरुले सदस्यहरुको मनोबल उच्च राख्ने उनको भनाई छ ।
घोराही उपमहनगरपालिका वडा नम्बर १० का सदस्य केशरी बिकले महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागी लघुवित्त संस्थाको महत्वपूर्ण योगदान रहेको बताए । कार्यक्रमको सहजिकरण महिला सामुदयिक लघुवित्त वित्तीय संस्था लिमीटेडका प्रबन्धक यमला गौतमले गरेका थिए ।
कार्यक्रममा बर्षाको कारण घर भत्कीएर पिडीत घोराही उपमहानगरपालिका वडा नम्बर १८ काभ्रेखोलाका थमा रोकालाई ग्राहक संरक्षण कोषबाट नगद ५ हजार रुपैया सहयोग गरिएको थियो ।
महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडले हालसम्म शान्तिनगर, श्रीगाँउ, हापुरे, लमहील गढवा, भालुवाङ, राजपुरमा सदस्यहरुलाई २० लाख अनुदान रकम वितरण गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस