
काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘वित्तीय ग्राहक संरक्षण तथा गुनासो ब्यवस्थापन कार्यविधि २०७७’ जारी गरेको छ । बैंकले वित्तीय ग्राहकको गुनासो सुनुवाइ गर्न एक उच्च स्तरीय समितिको ब्यवस्था गर्दै सोमबार पहिलो पटक कार्यविधि जारी गरेको हो ।
गुनासो ब्यवस्थापनका लागि वरिष्ठ डेपुटी गभर्नरको संयोजकत्वमा समिति बनाइएको छ। समितिमा अर्का डेपुटी गभर्नर, नियमन र बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सदस्य हुने छन्। यसबाहेक अर्थमन्त्रालयका सहसचिव, बैंकर्स संघका अध्यक्ष, एफएनसीसीआइका अध्यक्ष पनि हुने छन्। नियमन विभागका निर्देशक सदस्य सचिव हुने छन्। समितिको वैठकमा छलफल हुने गुनासो प्रकृति बिषयको आधारमा सम्बन्धित विभाग तथा निकायबाट आवश्यकता अनुसार बढिमा चार जना विज्ञलाई बैठकमा डाकिने छ।
बैंकबाट लाइसेन्स वा अनुमति लिइ कारोबार गरिरहेका वा गर्ने वित्तीय सेवा प्रदायक तथा सम्पूर्ण वित्तीय मध्यस्थता सेवा तथा राष्ट्र बैंकको क्षेत्राधिकारमा पर्ने अन्य बिषयबस्तुलाई यो कार्यविधिले समेट्ने उल्लेख गरिएको छ ।
यस्तो छ, ‘वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापन कार्यविधि २०७७
प्रतिक्रिया दिनुहोस