
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने असोज १३ गते मंगलवार अन्तिम दिन रहेको छ । नाडेप लघुवित्तले अघिल्लो आर्थिक वर्ष २०७५÷७६ को लागि १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव सहित विविध प्रस्ताव पारित गर्न नाडेपले असोज २८ गते पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. ३६ करोड ८० लाखको आधारमा लाभांश प्रस्ताव गरेको हो । साधारण सभा र लाभांश प्रयोजनका लागि नाडेपले असोज १४ गते बुधवार एक दिन बुक क्लोज गर्ने भएकाले मंगलवारनै शेयर सुरक्षित गर्नुपर्ने भएको हो ।
रानीबन पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट, नागार्जुन १, काठमाडौमा बिहान ११ बजे हुने सभामा कम्पनीको हाल कायम ७०ः३० को शेयर संरचना परिवर्तन गरी ५१ः४९ कायम गर्ने प्रस्ताव पारित हुनेछ । साथै अन्य कुनै वित्तीय संस्था गाभ्ने गाभिने वा एक्विजिशन सम्बन्धी उपयुक्त प्रस्तावमा आएमा सो कार्यका आवश्यक सम्पूर्ण जिम्वेवारी सञ्चालक समितीलाई दिने निर्णय समेत सभाले गर्नेछ ।
प्रतिक्रिया दिनुहोस