aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सनराइज बैंक र एलआइसी नेपालबीच बैंकास्योरेन्स सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ बैशाख २०७६
सनराइज बैंक र एलआइसी नेपालबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सनराइज बैंक लिमिटेड र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्ससम्बन्धि सम्झौता भएको छ । बैंकास्योरेन्स सम्झौता अनुसार सनराइज बैंकले देश भर रहेका १०४ वटै शाखाहरmबाट नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा योजनाहरm बिव्रmी गर्न सक्ने छ । 

सनराइज बैंक लिमिटेडको प्रधान कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतबीच  बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्धेश्य सहित यस बैकले १०४ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, ११९ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।¬साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लि. रहेको छ ।


 

प्रतिक्रिया दिनुहोस