aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सिभिल लघुवित्तको शतप्रतिशत हकप्रद शेयर बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ असोज २०७७
सिभिल लघुवित्तको शतप्रतिशत हकप्रद शेयर बाँडफाँट

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेको शतप्रतिशत हकप्रद शेयर असोज १३ गते बाँडफाँट गरेको छ । सिभिलले साउन २५ गतेदेखि भदौ २९ गतेसम्म शतप्रतिशत हकप्रद शेयर विक्री गरेको थियो । कम्पनीले १ बराबर १ कित्ता शेयर अनुपातमा रू. १०० अंकित दरको रू. ११ करोड ४१ लाख १४ हजार बराबरको ११ लाख ४१ हजार १४० कित्ता हकप्रद शेयर विक्री गरेको हो । 

यस हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले असार १५ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असार १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र यो हकप्रद शेयर पाएका छन् । सिभिल लघुवित्तले शतप्रतिशत हकप्रद शेयर विक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट गत फागुन १४ गते अनुमति पाएको थियो ।

 यो हकप्रद शेयरको बिक्री प्रबन्धकको जिम्वेवारी सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडले निभाएको छ । हाल रू. ११ करोड ४१ लाख १४ हजार चुक्तापूँजी रहेको यस कम्पनीको शतप्रतिशत हकप्रदपश्चात चुक्तापूँजी रू.२२ करोड ८२ लाख २८ हजार पुगेको छ ।

प्रतिक्रिया दिनुहोस