काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले भदौ मसान्तसम्ममा ७ करोड १५ लाख ३२ हजार रुपैयाँ नाफा गरेको छ । यो नाफा साउन मसान्तसम्म १ करोड ९० लाख ६४ हजार रुपैयाँ रहेको थियो । साउन मसान्तसम्मको तुलनामा भदौ मसान्तसम्ममा योजनाको नाफामा उल्लेख्य बृद्धि देखिएको हो । साउन मसान्तसम्म २ करोड ८ लाख ३९ हजार रुपैयाँ कुल आय रहेको यस योजनाको भदौ मसान्तसम्म यो आय ७ करोड ४९ लाख ११ हजार रुपैयाँ रहेको छ । कुल आयमा बृद्धि भएसँगै योजनाको नाफा बढेको हो ।
यस योजनाले भदौ मसान्तसम्म सूचीकृत तथा सूचीकृत नभएका शेयर, डिबेन्चर तथा मुद्धती निक्षेप समेत गरी योजनाले धितोपत्र दलाल कमिसन तथा कारोबार शुल्क समेत ५१ करोड ३ लाख ५३ हजार रुपैयाँ लगानी गरेको छ । योजनाले गरेको लगानीको बजार मूल्य भने भदौ मसान्तसम्ममा ७२ करोड ७८ हजार रुपैयाँ पुगेको छ । साउन मसान्तसम्म यो मूल्य ६४ करोड ७३ लाख २६ हजार रुपैयाँ थियो । योजनाले मुद्धती निक्षेपमा मात्र ११ करोड ६० लाख रुपैयाँ लगानी गरेको छ । यस योजनाले ८ करोड ६० लाख इकाई सर्वसाधारणमा विक्री गरेको हो ।
साउन मसान्तसम्म ९६ करोड ४४ लाख ९३ हजार रुपैयाँ रहेको कुल सम्पत्ति भदौ मसान्तसम्म १ अर्ब १ करोड ८५ लाख ५४ हजार रुपैयाँ पुगेको छ । साउन मसान्तसम्मको तुलनामा योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य पनि बढेको छ । साउन मसान्तसम्म ११ दशमलव २० रुपैयाँ रहेको प्रति इकाई खुद सम्पत्ति मूल्य भदौ मसान्तसम्ममा ११ दशमलव ८१ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस