aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

भारतबाट माछापुच्छ्रे बैंकमा निशुल्क पैसा पठाउन सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ असोज २०७७
भारतबाट माछापुच्छ्रे बैंकमा निशुल्क पैसा पठाउन सकिने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले रोजगारी तथा अन्य शिलशिलामा भारतमा रहेका नेपालीहरुले भारत स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेज मार्फत बिना कुनै अतिरिक्त शुल्क नेपालमा पैसा पठाउन सक्ने व्यवस्था गरेको छ ।  

चाडबाडको समयलाई लक्षित गरि मिति २०७७ असोज १२ गते देखि २ महिना सम्म भारतमा रहेका नेपालीहरुले त्यहाँ स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेज संग सम्पर्क गरि भारतका जुनसुकै स्थानबाट नेपालमा बिना कुनै अतिरिक्त शुल्क पैसा पठाउन सक्नेछन् । 

यसरी पठाएको पैसा नेपालमा रहेका बैंकका १६० शाखा, १३३ शाखारहित बैंकिङ्ग सेवा लगायत देशभर रहेका १० हजार भन्दा बढि रेमिट्यान्स एजेन्ट मार्फत सहज र सरल तरिकाबाट भुक्तानी लिन सकिनेछ ।  

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मार्फतबाट बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । 

प्रतिक्रिया दिनुहोस