aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

सानिमा बैंकको नयाँ शाखा रौतहटको चन्द्रपुरमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ असोज २०७७
सानिमा बैंकको नयाँ शाखा रौतहटको चन्द्रपुरमा

काठमाडौं । सानिमा बैंक लिमिटेडले चन्द्रपुरमा आफ्नो ८३ औँ शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा विस्तार गरेको छ । आजदेखि बैंकको नयाँ शाखा औपचारिक रुपमा संचालनमा आएको हो । 

रौतहट जिल्ला, चन्द्रपुर नगरपालिका वडा नं.४ स्थित, चन्द्रपुर शाखाको समुद्घाटन चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले गरेका हुन् ।

कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई शाखा संचालनमा आएकोमा मेयर चौधरीले सानिमा बैंकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सुरक्षित तरिकाले शाखाको सेवा सुचारु राख्न आग्रह गरे ।  

सो शाखा संचालनमा आएसँगै चन्द्रपुर र सो क्षेत्र आसपासका बासिन्दालाई गुणस्तरीय बैंकिङ्ग सेवामा सहज पहुँच पुग्ने विश्वास बैंकले लिएको छ । 
सानिमा बंैकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १५ विस्तारित काउन्टर र ८१ वटा एटिएम संचालनमा रहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस