aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

६ वटा खाद्य उद्योगले पाए गुणस्तर प्रमाणपत्र

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २५ जेठ २०७६
६ वटा खाद्य उद्योगले पाए गुणस्तर प्रमाणपत्र

काठमाडौं । वर्ष एघारौं खाद्य स्वच्छता दिवस २०७६ सम्पन्न भएको छ । एक महिनासम्म विभिन्न कार्यक्रम गरि  तेश्रो खाद्य स्वच्छता महिना २०७६ जेठ २४ कृषि तथा पशुपन्छी विकास मन्त्री  चक्रपाणि खनालले  सम्पन्न गरेका हुन । 

उक्त कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री  चक्रपाणि खनालले ठूला तथा मझौला उद्योगहरु मध्येबाट विभिन्न खाद्य उद्योगलाई नेपाल गुणस्तर प्रमाणपत्र प्रदान गरेका छन । प्रमाणपत्र पाउनेहरुमा हिमालायज स्प्रिंग वाटर प्रा.लि, घरेलु तथा साना उद्योग मध्येबाट कंचन पाउरोटी उद्योग, बिर्तामोड, श्री साई ड्रीकिंग वाटर ईन्डष्ट्रिज जनकपूर पौडेल बेकरी, हेटौडा, मकवानपुरस साइकृपा चिया उधोग, रुपन्देही, हुलास खाद्य उधोग प्रा. लि. कोहलपुर, अभिषेक मौरी पालन फर्म, घोडाघोडी र  नेपाल अगेर्निक कफि प्रोडक्ट्स, तीनथाना रहेका छन् । 

खाद्य स्वच्छता महिना मनाउने क्रममा खाद्य स्वच्छता र गुणस्तर कायम गर्न मुख्य सरोकारवालाहरू ( खाद्य उद्योगी ब्यबसायीहरु, उपभोक्ता हक हितमा काम गर्ने संघ(संस्थाहरू, पत्रकारहरु, खाद्य प्रविधि विषय अध्ययन अध्यापन हुने शैक्षिक संस्थाहरु,  स्वास्थ्य तथा खाद्यसँग सम्बन्धित पेशागत संस्था लगायतका विभिन्न निकायहरूको सहकार्यमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएका थिए । 

 खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, विभाग मातहतका ६ कार्यालयहरु, २४  डिभिजन कार्यालयहरु र १२ आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरुबाट देशव्यापी रुपमा जेठ महिना भर खाद्य स्वच्छता सम्बन्धी विविध कार्यक्रमहरु उपभोक्ता भेला गरेको खाद्य तथा गुणनियन्त्रण विभागले जनाएको छ । 

त्यस्तै, विद्यालयस्तरीय सचेतना, खाद्य बजार, होटेल रेष्टुरेण्ट, उद्योग तथा आयात विन्दूहरुमा बिशेष अनुगमन, प्रादेशिक मन्त्रालय तथा स्थानीय निकायसँग अन्तरक्रिया, खाद्य प्रविधि तथा पेशागत संस्थाको सहकार्यमा खाद्य स्वच्छता सम्वन्धी कार्यक्रम, प्रभातफेरी, विभिन्न माध्यमबाट सूचना सन्देश प्रचार प्रसार, विभिन्न सरोकारवाला निकायबीच अन्तरक्रिया सम्पन्न भइसकेको छ । 

त्यसैगरी खाद्य प्रविधि खाद्य स्वच्छता र पोषणको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनु हुने केन्द्रीय प्रविधि क्याम्पस धरानका सहायक डिन प्रा.डा. धन बहादुर कार्कीलाई सम्मान गरिएको थियो भने विभागका उत्कृष्ट कार्य गर्ने तथा दीर्घसेवा पुर्याउने कर्मचारीहरुलाई पुरष्कृत तथा सम्मान गरिएको थियो । 
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक  संजीव कुमार कर्णले कार्यक्रमलाई सम्बोधन गर्दै भने, दक्षिण एसिया नै खाद्य स्वच्छता र खाद्य सुरक्षामा पछाडी रहेकोले हामीले हाम्रो परम्परा, धर्म संस्कृति भन्दा माथि उठेर खानेबानीमा परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको कुरामा जोड दिनुका साथै सबैजना नीति नियम र कानुनको दायरामा रहेर हरेक क्षेत्रमा आ–आफ्नो जिम्मेवारी निभाउन सके मात्र खाद्य स्वच्छता कायम हुन सक्ने विचार व्यक्त गरे । 

कार्यक्रममा कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री  रामकुमारी चौधरीले जनतामा चेतना अभिवृद्धि सम्बन्धि कार्य गर्न जोड दिँदै कानुन बिपरित कार्य गर्ने जुनसुकै उद्योगी, व्यवसायीलाई दण्ड सजाय दिन नहिच्किचाउन निर्देशन दिइन । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा गोविन्द प्रसाद शमाले मासु तरकारी र दूधमा बढी ध्यान दिएर प्रभावकारी अनुगमन गर्न सुझाव दिएका थिए । पूर्व सचिव उत्तम कुमार भट्टराईले खाद्य स्वच्छता दिवसको अवसरमा जोखिम विश्लेषण कार्यमा शैक्षिक सँस्थाहरुलाई समेत संलग्न गराउनु पर्ने कुरामा जोड दिए ।

प्रतिक्रिया दिनुहोस