aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

माछापुच्छ्रे बैंकले डाक्यो साधारण सभा, १०.४० प्रतिशत लाभांश पारित गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ असोज २०७७
माछापुच्छ्रे बैंकले डाक्यो साधारण सभा, १०.४० प्रतिशत लाभांश पारित गरिने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले साधारण सभा डाकेको छ। साधारण सभामा १०.४० प्रतिशत लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ। बैंकले कात्तिक ६ गते, बिहीबार बाइसौँ साधारण सभा डाकेको हो। सो सभा होटल पोखरा ग्राण्ड, पार्दि, पोखरामा बिहान ११ बजे शुरु हुनेछ।

सभाले बैंकको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम शेयरधनीहरुलाई चुक्ता पूँजीको ७.०३ प्रतिशत अर्थात ५९ करोड ४६ लाख १६ हजार ९३१ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, ३.७३ प्रतिशतका दरले बोनस तथा नगद लाभांशमा लाग्ने कर सहित २८ करोड ५० लाख ६४ हजार ७४४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस