aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

एनएमबी लघुवित्तले गर्यो मर्जर तथा प्राप्ती समिति गठन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ असोज २०७७
एनएमबी लघुवित्तले गर्यो मर्जर तथा प्राप्ती समिति गठन

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर तथा प्राप्ती समिति गठन गरेको छ । कम्पनीको असोज १६ गतेको सञ्चालक समितिको बैठकले सञ्चालक रोमणी प्रसाद पाठकको संयोजकत्वमा तीन सदस्यीय मर्जर तथा प्राप्ती समिति गठन गरेको हो । नेपाल राष्ट्र बैंकको मर्जर तथा प्राप्ती सम्बन्धी नीतिलाई सहयोग पु¥याउने उदेश्यका साथ उपयुक्त वित्तीय संस्थाको अध्ययन गरी मर्जर तथा प्राप्ती कार्य सम्पन्न गर्न मर्जर तथा प्राप्ती समिति गठन गरेको कम्पनीले जानकारी दिएको छ ।

समितिमा जितेन्द्र बाहेति सदस्य र सविता सापकोटा सदस्य सचिव रहेका छन् । एनएमबि लघुवित्तले गत असार २२ गते सम्पन्न सातौं वार्षिक साधारण सभाबाट पनि अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती गर्न उपयुक्त देखिएमा उक्त कामका लागि सम्पूर्ण जिम्वेवारी सञ्चालक समितिलाई दिने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस