
काठमाडौं । साधना र आर्थिक सम्मृद्धि लघुवित्तको विषेश साधारणसभाले एक आपसमा गाभिने प्रस्ताव पारित गरेका छन् । शनिबार सम्पन्न साधना लघुवित्तको विषेश साधारणसभाले साधारणसभाले आर्थिक सम्मृद्धि लघुवित्तलाई अक्वयर गर्ने विषेश प्रस्ताव पारित गरेको छ ।
गोरखा जिल्ला गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा केन्द्रिय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्थाले तनँहु जिल्ला भानु न।पा वडा नं ५ डुम्रेमा केन्द्रीय कार्यालय रहेको आर्थिक समृद्घि लघुवित्तलाई एक्वायर गर्ने बिशेष प्रस्ताब पारित सहिद बवशेष साधारण सभा सम्पन्न गरेको हो ।
बिशेष साधारण सभाले आर्थिक समृद्घि लघुवित्त वित्तीय संस्थाको सम्पति तथा दायित्व मुल्याङ्गकन प्रतिवेनको आधारमा तय भएको १००ः८० सेयर स्वापको मुख्य एजेन्डा पारित गरेको छ । उक्त साधारण सभाले एक्विजिसन पश्चात एक कित्ता बरावर ९१ः१० हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।
हकप्रद शेयर जारि पछि वित्तीय संस्थाको चुक्ता पूँजी रु १४ करोड सत्तरी लाख पुग्ने छ र एक्विजिसन प्रक्रियामा नियामक निकायको निर्देशन अनुसार काम गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताब पनि पारित गरेको छ ।
साधारण सभामा वित्तीय संस्थाको अध्यक्ष कुष्ण बहादुर थापाले एक्विजिसन पछि वित्तीय संस्था १० जिल्ला मात्र सिमित नरही राष्ट्रियस्तरको वित्तीय संस्थाको रुपमा स्थापित हुने जानकारी गराउदै राष्ट्र बैक तथा नियमनकारी निकायहरुको निर्देशन बमोजिम वित्तीय संस्थालाई अब्बल राष्ट्रियस्तरको वित्तीय संस्थाको रुपमा स्थापित गराई गाम्रिण दुरदराजमा गई वित्तीय सेवाको साथै सामाजिक कार्यमा अग्रणि भुमिका निर्वाह गर्ने उद्देश्य रहेको बताए।
त्यस्तै गरि संचालक रमेश सापकोटाले एक्विजिसन पश्चात वित्तीय संस्थामा थप चुनौतिहरु बढेता पनि थप जिम्मेवारीका साथ गाम्रिण क्षेत्रमा विपन्न वर्गको आर्थिक, सामाजिक रुपान्तरणमा महत्वपूर्ण भुमिका खेल्ने प्रतिवद्धत रहेको जानकारी गराए ।
त्यस्तै पुर्व संचालक हरि प्रसाद अर्याल, रविन अधिकारी र सुशिल काजि बानियले आगमि दिनहरुमा पनि नियमनकारी नियाकहरुको परिवर्तित निर्देशन भित्र रहि सफलतापुर्वक संस्था संचालन गर्न संञ्चालक समितीलाई शुभकामना ब्यक्त गरेका थिए ।
नेपाल राष्ट्र बैकको निर्देशन पश्चात लघुवित्तकै क्षेत्रमा यो एक्विजिसन पहिलो रहेको र यसलाई सफलता पुर्वक सम्पन्न गरि आगमि दिनहरुमा अन्य लघुवित्त वित्तीय संस्थाहरु सँग समेत मर्जर÷प्राप्ति सम्वन्धमा छलफल गरि सबल वित्तीय संस्थाको रुपमा स्थापित गर्ने लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताए ।
प्रतिक्रिया दिनुहोस