aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

मुक्तिनाथ विकास बैंकद्धारा धनगढी बसपार्कलाई शुद्ध पिउने पानी ट्याङकी हस्तान्तरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० असोज २०७७
मुक्तिनाथ विकास बैंकद्धारा धनगढी बसपार्कलाई शुद्ध पिउने पानी ट्याङकी हस्तान्तरण

 काठमाडौं । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत धनगढी उप–महानगरपालिकाको बसपार्कमा शुद्ध पिउने पानी ट्याङकी हस्तान्तरण गरेको छ । उक्त शुद्ध पिउने पानी ट्याङकी बैंकको धनगढी शाखाका प्रमुख उमेश जोशीले धनगढी उप–महानगरपालिका वडा नं ४ का अध्यक्ष दिपक थापालाई हस्तान्तरण गरेका थिए ।

उक्त हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि श्री दिपक थापाले मुक्तिनाथ विकास बैंक नाफामा मात्र केन्द्रित नभई सामाजिक कार्यहरुमा समेत सहभागी भई गरेको विभिन्न सामाजिक कार्यको प्रशंसा गरेका थए ।

धनगढी उप–महानगरपालिकाको बसपार्क सुदुरपश्चिमकै केन्द्र विन्दु रहेकोले यात्रुको आवतजावत धेरै हुने भएकोले यात्रुको सहजताको लागि शुद्ध पिउने पानी ट्याङकीको निर्माण गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस