aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

नविल बैंकमा नयाँ अध्यक्ष नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० असोज २०७७
नविल बैंकमा नयाँ अध्यक्ष नियुक्त

काठमाडौं । नबिल बैंकमा उपेन्द्र पौड्याल नयाँ अध्यक्षमा नियुक्त भएका छन् । २०७४ मंसिर १५ गतेदेखि सञ्चालकको रूपमा बैंकमा प्रवेश गरेका पौड्याललाई सञ्चालक समितिले करिब ३ वर्षपछि अध्यक्ष बनाएको हो । उनी पछिल्लो समय एसिया प्यासिफिकको ग्लोबल अलाइन्स फर बैंकिङ अन भ्यालुको नेपालस्थित क्षेत्रीय प्रतिनिधि समेत छन् । 

नया“ अध्यक्षमा बैंकर तथा समाज सेवी पौड्याललाई मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले नयाँ अध्यक्षमा नियुक्त गरेको बैंकले जनाएको छ । लिमिटेडमा सर्वसाधारण लगानीकर्ताको तर्फबाट सञ्चालकको जिम्मेवारीमा रहेका दुई जनाको ४ वर्षे कार्यकाल यही असोज १७ गते सकिएको छ । शम्भुप्रसाद पौड्याल र दयाराम गोपाल अग्रवालको पदावधि सकिएको हो ।

२०७२ बैंशाख २० गते बैंकको अध्यक्षको जिम्मेवारीमा आएका पौड्यालको पदावधि असोज १७ गते सकिएको छ । नेपाल राष्ट्र बैंकबाट आफ्नो बैंकिङ करिअर शुरु गरेका पौड्याल सर्वसाधारण शेयरधनीकातर्फबाट २०४२ माघ २७ गते सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका थिए  ।

अध्यक्ष तथा सञ्चालक रहेर पौड्यालले बैंकको क्षेत्र विकासमा पुर्याएको योगदान सम्मानयोग्य छ । उनको नेतृत्वमा बैंकले हासिल गरेको प्रगति उल्लेखनीय रहेको छ । यसैगरी, अग्रवाल करिब २६ वर्षभन्दा बढी बैंकको सञ्चालक रहरहेका थिए  । उन पहिलो पटक २०५१ भदौ १५ गते सर्वसाधारण शेयरधनीकातर्फबाट सञ्चालक नियुक्त भएका थिए । त्यसपछि, उहा“ सन् २०१६ सम्म निरन्तर सञ्चालकमा नियुक्त हुँदै आएका थिए  । 

तीनदशक भन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका पौड्याल यसअघि एनएमबी बैंक लिमिटेडको संस्थापक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए  । सन् १९८६ मा ग्रिनल्यान्ड बैंकबाट उनी  बैंकिङ करिअर शुरु गर्नुभएको थियो । त्यहा १४ वर्ष जिम्मेवारी सम्हालेपछि उनी एनएम बीफाइनान्समा पुगेका थिए  ।

एनएमबीमा उनले १७ वर्ष अनवरत बैंकिङ क्षेत्रमा सेवा गरेका छन । १४ वर्ष ग्रिनल्यान्ड बैंक, १७ वर्ष एनएमबी र ३ वर्ष नबिल बैंक सहित उनले ३४ वर्षको बैंकिङ अनुभव बटुलेका छन । 

होटलबाट व्यावसायिक करिअर शुरु गरेका पौड्यालले सोल्टी होटलमा करिब ६ वर्ष काम गरे । त्यसपछि उनी स्टयान्डर्ड चार्टर्ड (तत्कालीन नेपाल ग्रिनल्यान्ड बैंक) माप्रवेश गरे । त्यहा“ करिब १४ वर्ष काम गरेको उनको अनुभव छ । समाज सेवाका विभिन्न क्षेत्रमा समेत संलग्न हु“दै आएका पौड्याल सन् २०१४ देखि २०१६ सम्म नेपाल बैंकर्स संघको अध्यक्ष समेत भएका थिए  । 
 

 

प्रतिक्रिया दिनुहोस