aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

ग्लोबल आइएमई लघुवित्तले स्पर्श लघुवित्तलाई प्राप्ती गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ असोज २०७७
ग्लोबल आइएमई लघुवित्तले स्पर्श लघुवित्तलाई प्राप्ती गर्ने

काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले प्राप्ती गर्ने भएको छ । यी दुई कम्पनीहरु विच असोज २० गते प्राप्ती गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

ग्लोबल आइएमई लघुवित्तमा गाभिन लागेको स्पर्श लघुवित्तको शेयर कारोबार असोज २१ गतेदेखि रोक्का भएको छ । अब प्राप्ती प्रकृया सम्पन्न गरेपश्चात स्पर्श लघुवित्तका शेयरधनीहरुले ग्लोबल आइएमई लघुवित्तको नामबाट शेयर कारोबार गर्न पाउनेछन् ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकको मर्जर तथा प्राप्ती सम्बन्धी नीतिलाई लघुवित्त कम्पनीहरुले आत्मसाथ गर्दै अघि बढेका छन् । स्पर्श लघुवित्तको चुक्तापूँजी ९ करोड ३७ लाख ४८ हजार रुपैयाँ रहेको छ भने ग्लोबल आइएमई लघुवित्तको  २५ करोड ९५ करोड ७५ लाख रुपैयाँ रहेको छ । यी दुई कम्पनी एक भएपश्चात चुक्तापूँजी  ३५ करोड ३३ लाख २३ हजार रुपैयाँ पुग्नेछ ।
  
 

प्रतिक्रिया दिनुहोस