aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

गण्डकी मेडिकल कलेजमा प्रभु बैंकको काउण्टर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ असोज २०७७
गण्डकी मेडिकल कलेजमा प्रभु बैंकको काउण्टर

काठमाडौं । कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ०९ स्थित गण्डकी मेडिकल कलेजमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । गण्डकी मेडिकल कलेज परिसरमा बुधबार गण्डकी मेडिकल कलेजका प्राध्यापक प्रो. डा. रविन्द« श्रेष्ठले उक्त एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेका हुन ।  

गण्डकी मेडिकल कलेजमा सञ्चालित प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट विहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा गण्डकी मेडिकल कलेजमा आउने  सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध हुने बैंकले जनाएको छ । 

प्रभु बैंकले २०८ वटा शाखा कार्यालय, १९२ वटा एटीएम, ५३ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस