
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको १ लाख ४८ हजार ४६६ दशमलव ४० कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले २४ प्रतिशत बोनस शेयर वापतको उक्त शेयर बिहीवार सूचीकृत गरेको हो ।
यो शेयर आइतवारदेखि कारोबार योग्य हनुे भएपनि सम्बन्धित शेयरधनीहरुले आफ्नो हितग्राही खातामा शेयर जम्मा भएपश्चात मात्र कारोबार गर्न पाउनेछन् । स्वाभिमान लघुवित्तले गत माघ १० गते सम्पन्न वार्षिक साधारण सभाबाट २४ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो । यो बोनस शेयर कर प्रयोजनका लागि पनि कम्पनीले १ दशमलव २७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सोहि सभाबाट पारित गरेको थियो ।
प्रतिक्रिया दिनुहोस