
काठमाडौं । माछापुच्छ्रे बैंक र होटल अकामा तथा होटल मुनलाईट काठमाडौँबीच छुट्टै–छुट्टै मितिमा बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार अब माछापुच्छ«े बैंकका ग्राहकहरूले २ वटै तारे होटलको खाना र पेय पदार्थमा १५ प्रतिशत छुट पाउनेछन् ।
बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट÷के्रडिट कार्ड तथा क्युआर कोड प्रयोग गरी बिल भुक्तानी गर्दा प्राप्त गर्न सक्नेछन् । नगद कारोबारबाट हुने जोखिम कम गर्न, डिजिटल कारोबारलाई प्राथमिकता दिन तथा ग्राहक महानुभावहरुलाई सहुलियत प्रदान गर्नको लागि बैंकले बिभिन्न संघसंस्था तथा व्यापारिक प्रतिष्ठान संग सम्झौता गर्दै आएको छ ।
स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक पुर्वदेखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मार्फत बाट ग्राहकलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।
प्रतिक्रिया दिनुहोस