aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

बैंकिङ कसुर मुद्दाका फरार रिमाल पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ असोज २०७७
बैंकिङ कसुर मुद्दाका फरार रिमाल पक्राउ

ललितपुर । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी महालक्ष्मी नगरपालिका ८ लुभु बस्ने ३५ वर्षीय बिजयन्द्र रिमाललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
     
उच्च अदालत पाटनको २०७६ माघ २२ गतेको फैसलाले उक्त मुद्दामा ५ दिन कैद र २२ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका रिमाललाई महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनकै घर ठेगानाबाट फेला पारी पक्राउ गरेको हो । 

रिमाललाई कैद तथा जरिवना अशुलीका लागि जिल्ला अदालत ललितपुर पठाइएको उक्त परिसरले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस