aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

पुस मसान्तसम्म अनलाइन भुक्तानी सेवामा शुल्क लिन नपाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ असोज २०७७
पुस मसान्तसम्म अनलाइन भुक्तानी सेवामा  शुल्क लिन नपाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले अनलाइन भुक्तानी सेवामा पुस मसान्तसम्म शुल्क लिन नपाइने जनाएको छ । बैंकले एक सूचना जारी गर्दै कोरोना भाइरसको असहज अवस्थालाई मध्यनजर गर्दै पुस मसान्तसम्म अनलाइन भुक्तानीमा कुनै पनि शुल्न लिन नपाइने जनाएको हो । 

बैंकले राजस्व व्यावस्थापन सूचना प्रणालीमा आबद्ध भएका भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका वालेटमार्फत गरिने राजस्व भुक्तानी सम्बन्धि कारोबारमा पुस मसान्तपछिका लागि नयाँ शुल्क निर्धारण पनि गरेको हो ।  

राष्ट्र बैंकका अनुसार एक हजारसम्मको कारोबार गरेमा शुल्क नलाग्ने जनाएको छ । त्यस्तै, एक हजार एकदेखि ३ हजारसम्म ५ रुपैयाँ, तीन हजार एकदेखि १० हजजारसम्म १० रुपैयाँ र १० हजार एकदेखि माथी कारोबार गरेमा ३० रुपैयाँ शुल्क लाग्ने बैंकले जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस