aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

स्वरोजगार लघुवित्त र जनक लघुवित्तको आजदेखि एकिकृत कारोबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ असोज २०७७
स्वरोजगार लघुवित्त र जनक लघुवित्तको आजदेखि एकिकृत कारोबार

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था र जनक लघुवित्त वित्तीय संस्थाको आज (असोज २५ गते) देखि एकिकृत कारोबार शुरु गरेका छन् । यी दुवै कम्पनीलाई एकिकृत कारोबारका लागि असोज २ गते नेपाल राष्ट्रबैंकले स्वीकृति दिएको थियो ।

एकिकृत कारोबार सुरु भएकै दिन आज भने यस कम्पनीका सम्पूर्ण कार्यालयको सेवा बन्द हुने कम्पनीले जानकारी दिएको छ । प्राप्ती पश्चात बन्ने कम्पनीको केन्द्रिय कार्यालय साविककै बनेपा नगरपालिका वडा नम्बर ५ , काभ्रेपलाञ्चोकमानै रहनेछ । 

जनकपुर लघुवित्त वित्तीय संस्थाको १०० कित्ता शेयर बराबर स्वरोजगार लघुवित्तको ७० कित्ता शेयर आदानप्रदान गर्ने सहमति अनुसार यी दुई कम्पनी एक भएका हुन । प्राप्ती पश्चात बनेको कम्पनीको चुक्ता पूँजी रू. ३७ करोड ६३ लाख पुगेको छ  । प्राप्ती पश्चात कायम चुक्तापूँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन तयारी स्वरोजगार लघुवित्तको रहेको छ । 

प्रतिक्रिया दिनुहोस