
काठमाडौं । प्रभु बैंकले जारी गर्न लागेको ऋणपत्रले इक्रा नेपालको एलबिबिबि रेटिङ पाएको छ । एलबिबिबि रेटिङले धितोपत्र उपकरणहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रमा सुरक्षित रहेको जनाउदछ ।
बैंकले १० लाख कित्ता ऋणपत्र जारी गर्नको लागि इक्रा रेटिङ गराएको हो । यो ऋणपत्र जारी गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा जेठ ६ गते निवेदन दिएको थियो ।
१० लाख कित्ता मध्ये ४ लाख कित्ता सर्वसाधारणको लागि र ६ लाख कित्ता व्यत्तिगत संघ संस्थालाई छुट्याएको छ । बैंकले १० प्रतिशत ब्याजदरमा बि.स २०८६ सम्मको लागि ऋणपत्र जारी गर्नको लागि निवेदन दिएको छ । यस ऋणपत्रको विक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस