aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

एनएबि बैंकले अब विच्याटबाट भुक्तानी सेवा लिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ असोज २०७७
एनएबि बैंकले अब विच्याटबाट भुक्तानी सेवा लिने

्काठमाडौं । एनएमबि बैंक र टेन्सेन्ट होल्डिंग्सबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपालबाट यो सम्झौता पहिलो बैंक एनएमबि बैंक भएको बैंकले दावी गरेको छ । उक्त सम्झौतापछि चिनियाँ कम्पनी टेंन्सेन्ट होल्डिंग विच्याट भुक्तानी प्रणाली मार्फत नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुले सहज रुपमा नेपालमा खरिद गरेको बस्तु तथा सेवाको भुक्तानी गर्नसक्ने व्यवस्था गरेको बैंकले जनाएको छ ।

टेन्सेन्ट होल्डिंग्ससंगको यस साझेदारीबाट एनएमबि बैंक नेपालमा विच्याट भुक्तानी सेवा प्रदान गर्ने उक्त संस्थाको आधिकारीक साझेदार बन्नेछ बैंकले दावी गरेको छ । १.१७ अर्ब भन्दा बढी सक्रिय मासिक प्रयोगकर्ताहरू रहेको संसारकै सबैभन्दा प्रभावकारी भुक्तानी प्रणाली सेवामध्ये एक विच्याट भुक्तानी प्रणाली संचालनका लागि टेन्सेन्ट होल्डिंग्स लिमिटेडसंग प्रत्यक्ष साझेदारी गर्ने नेपालको पहिलो बैंक भएको छ । 

नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकहरूको योगदान उल्लेखनिय रहेको छ । संख्यात्मक हिसाबले समेत नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुको संख्या उल्लेखनिय रहेको छ । देशको पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान गर्नसक्ने चिनियाँ पर्यटकहरुलाई यस बैंकले उनीहरूले सबैभन्दा मन पराएको भुक्तानी प्रणाली विच्याटको सुविधा प्रदान गर्न सक्षम भएको बैंकले जनाएको छ । यसबाट यस्ता पर्यटकहरुले सामना गरेको मुद्रा विनिमेयको समस्यालाई सहज बनाउने छ । 

साथै, चिनियाँ पर्यटकहरुले नेपालमा बस्तु तथा सेवामा गर्ने खर्चलाई बढाउन र नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुको संख्या बृद्धि गर्न समेत मद्दत गर्ने बैंकले जनाएको छ । यसबाट देशको विदेशी मुद्राको संचिति बढाउँन समेत सहयोग पुग्नेछ । विच्याट भुक्तानी प्रणालीको नेपालमा सहज उपलब्धताले साना तथा मझौला व्यवसायीहरुलाई विदेशी मुद्रा कारोवारको हिसाब मिलानको सहज व्यवस्थापन गर्न समेत मद्दत पुग्ने समेत बैंकले बताएको छ ।

एनएमबि बैंक लि. र टेन्सेन्ट  होल्डिंग्सका बीचमा भएको यस साझेदारीले नेपाल भ्रमण गर्ने पर्यटकहरूलाई भुक्तानीका सहज तथा सरल प्रणाली उपलब्ध गराउँन विविध विकल्पहरूको खोजी गर्न अन्य धेरैको लागि ढोका खोल्नेछ भन्ने कुरामा यस बैंक विश्वस्त रहेको छ ।

एनएमबि बैंकले नेपालमा डिजिटल बैंकिङ्गको परिदृश्य बदल्दै ग्राहक महानुभावहरुलाई सहज र सरल रुपमा डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्नेतर्फ द्रुत गतिमा प्रगति गरिरहेको जानकारी समेत समस्त ग्राहक महानुभावहरुलाई अनुरोध गर्दछौं ।
 

प्रतिक्रिया दिनुहोस