aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

२० लाख जरिवाना ठहर भएर फरार रहेका बैंकिङ कसुरका अभियुक्त पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ असोज २०७७
२० लाख जरिवाना ठहर भएर फरार रहेका बैंकिङ कसुरका अभियुक्त पक्राउ

काठमाडौं । सुनसरी, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी  ईटहरी उपमहानगरपालिका–८ भोजपुरे टोल बस्ने ४२ वर्षीय सरोज वुढाथोकीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

 उच्च अदालत विराटनगरबाट बैंकिङ कसुर मुद्दामा २० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले ईटहरी उपमहानगरपालिका– ६ पश्चिम स्टेण्डमा लुकिछिपी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत सुनसरीमा दाखिला गरीएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस