aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

बैंक अफ काठमाण्डूको संस्थापक शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ असोज २०७७
बैंक अफ काठमाण्डूको संस्थापक शेयर विक्रीमा

 काठमाडौं । बैंक अफ काठमाण्डूले भरत कुमार श्रेष्ठको नाममा रहेको १२ हजार ६३१ कित्ता संस्थापक शेयर विक्री खुला गरेको छ । बैंकले श्रेष्ठले उक्त शेयर विक्री गर्न निवेदन दिएकाले लिलामीमा विक्री खुला गरेको हो । यो शेयर खरिदका लागि बैंकका बहालवाल संस्थापक शेयरधनीलाई पहिलो प्राथमिकता दिईने बताएको छ ।

 यो शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले सुचना प्रकाशन गरेको मितीले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर निवेदन दिन बैंकले अनुरोध गरेको छ । उक्त अवधिभित्र कसैको निवेदन प्राप्त नभएमा कानुन बमोजिम विक्री गरिने समेत बैंकले जानकारी गराएको छ ।
 

प्रतिक्रिया दिनुहोस