aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

मुक्तिनाथले दिने भयो लेखापरीक्षकहरुलाई सहजकर्जा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ असोज २०७७
मुक्तिनाथले दिने भयो लेखापरीक्षकहरुलाई सहजकर्जा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले लेखापरीक्षकहरुलाई सहज रुपमाकर्जा प्रदान गर्ने बारेमा एक सम्झौता भएको छ । उक्त सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकले नेपाल अडिटर्स एशोसिएसन (अडान) मा आवद्ध आजीवन सदस्यहरुलाई विशेष छुट सहित प्रोफेशनल कर्जा उपलब्ध गराउने छ । 

सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र नेपाल अडिटर्स एशोसिएसकोतर्फबाट एशोसिएसका अध्यक्ष मोहन रेग्मीले हस्ताक्षर गरेका छन । यो सम्झौता अनुसार लेखापरीक्षक संघका आजीवन सदस्यहरुलाई कर्जा सेवाका अतिरिक्त बचत तथा डिजिटल बैंकिङ्ग सेवाहरु सहज रुपमा प्रदान गरिने भएकोले संघका सदस्यहरुलाई थप लाभहुने बताइएको छ । 

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथाकर्जा सेवाहरु प्रदानगर्दै आई रहेको छ । 

प्रतिक्रिया दिनुहोस