aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

सिद्धार्थ बैंकको ऋणपत्र बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ असोज २०७७
सिद्धार्थ बैंकको ऋणपत्र बाँडफाँट

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले असोज १६ देखि २० गतेसम्म विक्री गरेको ऋणपत्र असोज २६ गते बाँडफाँट गरेको छ । बैंकले वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको ३० लाख कित्ता ऋणपत्र बाँडफाँट गरेको हो । कुल कित्तामध्य रू. १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता सार्वजनिक निष्कासनमार्फत विक्री खुला गरेको थियो भने १८ लाख कित्ता परिपत्र विधिबाट विक्री गरेको हो ।

सर्वसाधारणका लागि छुट्याईएको मध्यबाट ६० हजार कित्ता ऋणपत्र भने सामूहिक लगानीकोषको लागि बाँडफाँट गरिएको छ । यो ऋणपत्र विक्रीको जिम्वेवारी एनएमबि क्यापिटलले पुरा गरेको छ । यो ऋणपत्र खरिद गर्नेले तोकिएको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा प्राप्त गर्नेछन् । 

धितोपत्र दोस्रो बजारमा पनि यो ऋणपत्र सूचीकृत हुने हुदाँ खरिद विक्री समेत गर्न सकिने व्यवस्था छ । यो ऋणपत्र विक्री गर्न बैंकले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असोज १ गते स्वीकृति पाएको हो । वाणिज्य बैंकहरुले आफ्नो चुक्तापूँजीको २५ प्रतिशत ऋणपत्र अनिवार्य विक्री गर्नुपर्ने व्यवस्था बमोजिम सिद्धार्थ बैंकले यो ऋणपत्र विक्री गरेको हो ।

प्रतिक्रिया दिनुहोस