aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

सानिमा बैंकको नयाँ विस्तारित काउन्टर सप्तरीको बोदेबर्साइनमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ असोज २०७७
सानिमा बैंकको नयाँ विस्तारित काउन्टर सप्तरीको बोदेबर्साइनमा

काठमाडौं । सानिमा बैंक लिमिटेडले बोदेबर्साइनमा आफ्नो विस्तारित काउन्टर स्थापना गरीे बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले बधबारबाट औपचारिक रुपमा काउन्टर संचालनमा ल्याएको हो । 

सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नं. ५ स्थित, बोदेबर्साइन विस्तारित काउन्टरको उद्धघाटन बोदेबर्साइन नगरपालिकाका मेयर आतेश कुमार सिंहले गरेका हुन् । 

कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई विस्तारित काउन्टर संचालनमा आएकोमा मेयर सिंहले सानिमा बैंकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सुरक्षित तरिकाले काउन्टरको सेवा सुचारु राख्न आग्रह गरे । 

सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा एटिएम संचालनमा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस