aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

जिल्ला प्रशासन कार्यालय पर्सामा प्रभु बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ असोज २०७७
जिल्ला प्रशासन कार्यालय पर्सामा प्रभु बैंक

काठमाडौं । प्रभु बैंकले पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका स्थित वडा नं ०९ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । पर्सा स्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरबाट कारोबार शुरु गरेको  छ । 

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धि तनिकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यलयमा पनि आप्mनो सेवा विस्तार गर्न सफल भएको छ ।

 प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवा ग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने बैंकले जनाएको छ । 

प्रभु बैंकले २०९ वटा शाखा कार्यालय, १९४ वटा एटीएम,५४ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा दिइरहेको  छ । 

प्रतिक्रिया दिनुहोस