aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

सिटिजन्स बैंकको डिल आयो डट कममा २५ प्रतिशतसम्म क्यास ब्याक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ असोज २०७७
सिटिजन्स बैंकको डिल आयो डट कममा २५ प्रतिशतसम्म क्यास ब्याक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले डिल आयो डट कममा २५ प्रतिशतसम्म क्यास ब्याक प्राप्त गर्न सक्ने भएका छन् । बैंकका डेबिट÷क्रेडिट कार्डबाहकहरु, मोबाइल बैकिङ्गप्रयोगकर्ताहरु तथा, इन्टरनेट बैकिङ्गप्रयोगकर्ताहरुले पस, क्यू आर तथा फण्ड ट्रान्सफरका माध्यमबाटडिल आयो डट कममा एक हजार रुपैयाँभन्दामाथिको कारोबार गर्दा २५ प्रतिशतसम्म वा २५०० रुपैयाँसम्मको क्यास ब्याक प्राप्त गर्न सक्ने छन् ।

 यो योजना यही कात्तिक ६ गतेसम्म लागू हुने छ । नजिकिदंै गरेको महान चाड दशैलाई लक्षितगरि ल्याइएको यो योजना बाट बैंकका ग्राहकहरुले  सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने,  डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने र  कोभिड नियन्त्रण विरुद्धको यात्रामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट करिव साढे ६ लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ । कोरोना भाइरसको महामारीबाट सम्पूण विश्वनै आक्रान्त बनेको अवस्थामा यस बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानी पूर्वक आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको बैंकले जनाएको छ ।

 यसलाई मूर्त रुप प्रदानगर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्गएपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्यान एण्ड विथड्र सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामागएर निवेदनदिने मmन्मmट बाट मुक्तहुन घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनि गरेको छ । 

यस बैंकमा बचत खाता संचालन गर्दै आएकालाई बैंकको मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, कार्ड लगायतका विद्मुतिय भुक्तानीका माध्यमहरुमा पहिलो वर्षको शुल्क मिनाहा हुने व्यवस्था समेत मिलाइएको बैंकले बताएको छ । 

प्रतिक्रिया दिनुहोस