
काठमाडौं । काठमाडौं बानेश्वरमा रहेको ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ । बैंकमा पुगेका एकजना सेवाग्राहीले सामान्य विवादमा सुरक्षा गार्ड रुद्रबहादुर मगरको खुकुरी खोसेर प्रहार गरेका हुन् ।
बैंकमा पुगेका सेवाग्राही र बैंकका कर्मचारीबीच विवाद भएको र विवाद मिलाउन खोज्दा सुरक्षा गार्ड मगरमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । घाइते मगरको अहिले बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस