aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

एनएमबि बैंकले अर्को जलविद्युतमा लगानी गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० असोज २०७७
एनएमबि बैंकले अर्को जलविद्युतमा लगानी गर्यो

काठमाडौं । एनएमबि बैंक लिमिटेडले २५ मेघावाटको सेती नदी जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । गण्डकी प्रदेशको कास्की जिल्लामा रहेको माछापुच्छ्रे गाउँपालिकामा निर्माण भईरहेको जलविद्युत परियोजना भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडद्घारा निर्माण गर्दैछ । 

यस परियोजनामा एनएमबि बैंक लि. अगुवा बैंक रहेको छ भने सह—वित्तीयकरणमा सहभागी अन्य बैंक तथा वित्तीय संस्थाहरुमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंक लिमिटेड रहेका छन् । 

२५ मेघावाट क्षमता भएको सेती नदी जलविद्युत आयोजनाको कुल लागत  ५ अर्ब रुपैयाँ रहेको छ । जसमध्ये बैकहरुको लगानी कुल  ३.५० अर्ब रुपैयाँको हुनेछ । यो आयोजनासमेत एनएमबि बैंक लि.ले कुल ४३ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ । 
 

प्रतिक्रिया दिनुहोस